१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

स्थायी समिति बैठकपछि राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन् । एमाले स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका हुन् । स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने गरी र बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने गरी अघि बढ्ने निर्णय गरेको छ । एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार भने टुंगो लगाएको छैन ।


प्रतिक्रिया दिनुहोस !