१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि



काठमाडौं । प्रतिनिधिसभाका ४ सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिएका ४ जना सांसद र ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको हो । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको हो । प्रवक्ता पाण्डेले बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट आइनसकेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !