१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका २ एसपीको निलम्बन फुकुवा गर्न सिफारिस



काठमाडौं : भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरिक्षक (एसपी) को निलम्बन फुकुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार इन्सपेक्टर मेघराज चौरसियालाई पनि सेवामा फिर्ता बोलाउन सिफारिस गरिएको छ ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरुले भ्रष्टाचार गरेको आरोपमा गृहमन्त्रालयले ०७७ मंसिरमा तीनै जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो । प्रहरी प्रधान कार्यालयले दुई एसपीको ५ ग्रेड तलव घटुवा गरेको छ । इन्सपेक्टर चौरसियाको चार ग्रेड तलब घटुवा गरिएको छ । प्रहरीले नियमावलीले भ्रष्टाचार गर्ने कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने व्यवस्था गरेको छ । तर, प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सामान्य कारवाही गरेर बिहीबार सेवामा फिर्ता गर्नका लागी गृह मन्त्रालयमा सिफारिस गरेको छ ।


प्रतिक्रिया दिनुहोस !