२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

हेलिकोप्टर चढेर गएका बादलको उम्मेदवारी दर्ता



काठमाडौं- गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा पुगेका छन् । डीआईजी कार्यालयमा हेलिकोप्टरबाट ओर्लिएर उनी त्यहाँबाट निर्वाचन कार्यालयमा पुगेका छन् । गृहमन्त्री थापाका प्रतिद्वन्द्वी डा. खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् ।

गृहमन्त्री थापा सत्तारुढ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् । एमाले निकटकै बुद्धिजीवीका रुपमा चिनिने डा. देवकोटाले माओवादी, काँग्रेस र माधवनेपाल समूहका तर्फबाट उम्मेदवारी दिएका हुन् । बादलले सूर्य चिन्हबाट र देवकोटाले हँसिया-हथौडा चिन्हबाट चुनाव लड्ने छन् ।

जेठ ६ गते हुने राष्ट्रियसभाको उप निर्वाचनमा वागमती प्रदेशसभाका ११० र स्थानीय तहका २३८ जना प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन् । यसअघि गृहमन्त्री थापा यही प्रदेशबाट राष्ट्रियसभा सदस्य थिए । माओवादी पार्टी छाडेर एमालेमा लागेपछि उनको पद खोसिएको हो । र, यही रिक्त स्थानमा बादल एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस !