२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

माओवादीको प्रस्ताव र कांग्रेसको समर्थनमा माधव पक्षका खिमलाल देवकोटाको उम्मेदवारी दर्ता



काठमाडौं- नेकपा एमालेको माधव नेपाल पक्षका खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको कार्यालय हेटौंडामा देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि नेपाल प्रेससँग कुरा गर्दै उनले आफ्नो प्रस्ताव माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेसका जनप्रतिनिधि रहेको बताए । देवकोटाको प्रस्तावमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले बसेकी छन् ।

नेपाल पक्षका देवकोटाको उम्मेदवारी दर्तामा कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया पनि सहभागी थिए । देवकोटाको उम्मेदवारी मनोनयनका बेला एमालेको माधव नेपाल पक्षका नेताहरु नागेन्द्र चौधरी, पुरुषोत्तम पौडेललगायत पनि आयोग कार्यालय पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !