१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भारतबाट ५० लाख डोज खोप तत्काल नेपाल आउदैँन : स्वास्थ्य मन्त्रालय



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदबारे सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सेरम  इन्स्टिच्युट इन्डियाले क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै खरिद गरिएको १० लाख डोज खोप  दिने जानकारी गराएको स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल सरकारले भारतबाट ५० लाख जोड कोभिशिल्ड खोप खरिद गर्ने भनेपनि अब त्यो खोप आउने अवस्था नरहेको मन्त्रालयले जनाएको छ ।  खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैले निर्णय गर्ने भएकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका समाचारहरुमा सत्यता नरहेको समेत दाबी गरेको छ ।

सेरम इन्स्टिच्युटको कम्पनीमा आगलागी र क्षमता विस्तारमा अवरोध आएकाले क्षमता बिस्तार हुनेबित्तिकै आपूर्ति गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !