२२ बैशाख २०८१, शनिबार
 |   Sat May 4 2024
Logo

हालसम्म ६२ जिल्लामा निषेधाज्ञा : ५१ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक (सूचीसहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि अहिलेसम्म ६२ जिल्लामा निषेधाज्ञा लगाएको छ । हालसम्म ५१ जिल्लामा पूर्ण र बाँकी ११ जिल्लामा आशिंक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । शनिबार थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २,३ र ४ तथा वडा नम्बर ७ को बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।

दार्चुला र सङ्खुवासभामा भोलिदेखि निषेधाज्ञा सुरु हुनेछ । आउँदो जेठ ४ गतेसम्म विभिन्न मितिमा गरी १९ जिल्लामा निषेधाज्ञा थप गरिएको छ । मन्त्रालयले काम नपरि बाहि ननिस्कन आग्रहसमेत गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय