Tuesday, May 20, 2025

ट्रेन्डिङ :

फोक्सोलाई स्वस्थ्य राख्ने डा. भगवान कोइरालाका दश टिप्स

spot_img
spot_img

काठमाडौं– मुटु रोग विशेषज्ञ हुन्, डाक्टर भगवान कोइराला। अहिले कोरोना महामारीका कारण सबैभन्दा धेरै समस्या फोक्सोमा देखिने गरेको छ।

फोक्सो कसरी स्वस्थ्य राख्ने, डा. कोइरालाका १० टिप्स यस्ता छन्।

१) सकेसम्म स्वच्छ हावा लिने :

घर/अफिसमा बस्दा झ्याल, ढोका, भेन्टिलेटर खुल्ला राख्नु । स्वच्छ हावाको आवातजावत सन्तुलित गर्नु ।

२) पर्याप्त पानी पिउने :

शरीरमा पर्याप्त पानीको मात्रा भएपछी फोक्सोलाई काम गर्न सहज हुन्छ । Caffeinated beverage (कफी), अल्कोहल र सोडियम धेरै भएका खानेकुरा नखानुहोला ।

३) आइरन र एन्टी अक्सिडेन्ट बढी भएको खाना लिने :

जस्तै हरियो सागपात, भटमास, अण्डा, रातो सिमि, गाजर, पालुन्ग्गो, सिमला खुर्सानी आदी खानु होला ।

४) शारीरिक रुपमा स्फुर्त रहने :

घर वा आगनमै सामान्य शारीरिक कसरत, हिंडडुलले फोक्सोको अक्सिजन लिने क्षमता बढाई चिन्ता घटाउँछ ।

५) स्वासप्रश्वासको कसरत गर्ने (फोक्सोको) :

स्वस्थ व्यक्तिको लागि : Deep breathing exercise गर्दा प्रभावकारी हुन्छ । यसको लागि (क) आफुलाई सहज हुने आसनमा बस्ने (सम्भव भए कुर्सीमा) (ख) नाकबाट सकेसम्म धेरै हावा भित्र लिने (ग) फोक्सोमा एकछिन हावालाई होल्ड गरेर मनमनै ५ सम्म गिन्ती गर्ने (घ) नाकबाट बिस्तारै हावा छोड्ने । १ पटकमा कम्तिमा ४ चोटी यो विधि अपनाउनु पर्छ र दिनभरिमा कम्तिमा ४ पटक ।

अस्वस्थ व्यक्तिको लागि : बिस्तारै हावा भित्र लिने र नाकबाट फाल्ने प्रयास गर्ने ।

६) शान्त रहने प्रयास गर्नुस :

जब तपाई शान्त रहनुहुन्छ तब श्वासप्रश्वास प्रक्रिया सहज हुन्छ । सम्भव भएमा मेडीटेशन, योग, सकारात्मक सोच सम्बन्धी यु ट्युबमा भिडियो हरु हेर्नुहोला ।

७) धुम्रपान :

धुम्रपान नगर्ने । आफू सामु अरुलाई पनि गर्न नदिने ।

८) घरभित्रको हावा दुषित न्यूनीकरण गर्ने :

ग्यास चुल्हो, स्टोभ, बलिरहेको मैनबत्ती वा टुक्की, दाउरा बालिरहेको ठाउँबाट, ग्यास हिटर आदी धुवा निकाल्ने ठाउँबाट कम्तिमा ५ फिट टाढा बस्ने । दाउरा बालेर खाना पकाउने अवस्था र धुवा आवातजावतको अवस्था ठिक नभएमा खुल्ला ठाउँमा खाना बनाउने । मुख्य कुरा हरेक प्रकारको प्रदुषण र धुँवाबाट टाढा रहने ।

९) पेट्रोलियम आधारित क्रिम र मल्हमहरु अनुहार र छातीमा नलगाउने । जस्तै भेसलिन, मोईस्चराईजर आदी ।

१०) श्वास फेर्न कठिनाई वा छाती दुख्ने जस्ता लक्षण महशुस भएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्नु पर्दछ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?