६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण स्टेप चाल्न सक्ने आशंका



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक डाकेका छन् । शनिबार साँझ केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बैठक सुरु भएको हो। कोरोना महामारीको समय र वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि संसद्‍को विषेश अधिवेशन आह्वान भएको सन्दर्भमा बसेको बैठकलाई महत्वका साथ हेरिएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु अघि पार्टी भित्र र पार्टी बाहिर गम्भीर छलफल चलाइराखेको बेला बसेको बैठकलाई महत्वका साथ हेरिएको हो। यो राजनीतिक विषयसँगै स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण निर्णय हुने उच्च स्रोतको दाबी छ।


प्रतिक्रिया दिनुहोस !