१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रधानमन्त्री ओलीलाई माधव पक्षले दियो भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम



नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वैशाख २७ गते बिहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएको छ ।

माधव नेपाल पक्षका सांसदरुको बैठकले बिहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको छ । यदि आफूहरुलाई किनारा लगाउने ढंगले गएमा भोलि नै कठोर निर्णय गर्ने नेता योगेश भट्टराईले बताए ।

९ बजेसम्म ओलीले सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिइने उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !