१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ओलीको चाहनामा एमाले छिन्नभिन्न, हामी स्तब्ध छौँ : नेपाल समूह



काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टीलाई एकतावद्ध राख्ने सबै प्रयासहरु असफल भएको बताएको छ। माधव समूहका सांसद झपट रावलले प्रधानमन्त्री केपी ओलीको चाहनामा एमाले छिन्नभिन्न भएको बताए। सिंहदरबारमा छलफलका लागि जाँदै गर्दा पत्रकारलाई संक्षिप्त टिप्पणी दिँदै उनले भने, ‘एमाले विभाजनको डिलमा उभिएको छ, हामी स्तब्ध भएका छौँ।’ माधव समूहले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री समेत रहका पार्टी अध्यक्ष ओलीलाई बिहान साढे ९ बजेसम्मको समय दिएको थियो । तर यो बीचमा ओली समूहबाट कुनै प्रतिक्रिया नआएको रावलले बताए। उनले भने, ‘एकता उहाँहरुले चाहनु नै भएको छैन। ओलीबाट पार्टी एकताका लागि कुनै पहल प्रयत्न भएन । बरु हिजोको विज्ञप्तिबाट एकता झनै भाँड्ने काम भएको छ।’ पार्टीलाई छिन्नभिन्न पार्ने स्थितिमा मुल नेतृत्व गएको रावलले आरोप लगाए। संवाददाताहरुको प्रश्नमा उनले भने, ‘अब एकता हुने सम्भावना सकियो भन्दा हुन्छ।’


प्रतिक्रिया दिनुहोस !