१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

काम चलाउ प्रधानमन्त्रीद्धारा संसदको अधिवेशनको अन्त्य



काठमाडौं । सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।आजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदले सिफारिस गरेको हो । मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गते अर्को बैठक बोलाएका थिए । सभामुखले अर्को बैठकको मिति तोकिसकेका अवस्थामा काम चलाऊ सरकारका प्रधानमन्त्रीले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !