१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मोहनविक्रम सिंहमा कोरोना संक्रमण पुष्टि



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह कोभिड–१९ (कोरोनाभाइरसं) बाट सङ्क्रमित भएका छन् । उनको होम आइसोलेसनमा प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी दुर्गा पौडेललगायत परिवारका अन्य सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको बताइएको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘उहाँको स्वास्थ्यमा सुधार हुँदै जानेछ भन्ने विश्वासका साथ हामीले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’, केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !