१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भारतबाट सालको काठ काटेर ल्याउने ६ जना पक्राउ



काठमाडौं : निशेषाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा रु ६० हजार मूल्य बराबरको सालको काठसहित छ जनालाई पक्राउ गरेको हो । काठसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । काठसहित पक्राउ परेकाहरुको नाम भने सशस्त्र प्रहरीले सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया दिनुहोस !