१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अमेरिकी सेनाद्धारा इरानी जहाजमा ३० वटा फायर प्रहार



काठमाडौं : अमेरिका र इरानको बीचमा हर्मुजा क्षेत्रमा तनाव बढेको छ । इरानको इस्लामिक क्रान्तिकारी गार्ड (कुड्र्स) को नेवी का १३ वटा जहाज अमेरिकाको नौसेनाका जहाजहरू होरमुजमा नजिक्कै पुगेपछि चेतावनी स्वरुप ३० वटा फायर प्रहार गरेको पेण्टागनले दाबी गरेको छ । तर तेहरानले भने पेयटागनको दाबीको अस्वीकार गरेको छ । पेन्टागनका प्रवक्ता जोन किर्बीले इरानी जहाज ६ वटा जहाजको करिब १३७ मिटर नजिक आएको चेतावनी स्वरुप ३० वटा फायर खोलिएको बताए । युएस कोस्ट गार्ड कटर माउले शुरुमा ०.५० क्यालिबर मेशिन गनबाट इरानी जहाजहरू जानु अघि चेतावनी स्वरुप फायरिंग गरिएको र त्यो समय इरानी सेनाका जहाज अमेरिकी जहाजको २७२ मिटर जनिक थिए र दोस्रो पटक फायरिंग गर्दा तिनीहरू १३७ मिटर भित्र पुगेको थिए । उनीहरूले धेरै आक्रामक व्यवहार गरिरहेका थिए र इरानी जहाजहरूको संख्या विगतमा भन्दा बढी पनि रहेको थियो, कोस्ट गार्ड कटर माउले भने ।

अलजजीरा बाट ।


प्रतिक्रिया दिनुहोस !