Friday, May 23, 2025

ट्रेन्डिङ :

एक सातापछि सुनको मूल्यमा ३०० को गिरावट, बुधबार प्रतितोला ९२ हजार, चाँदी भने स्थिर

spot_img
spot_img

 

एक सातादेखि क्रमिक उकालो लागेको सुनको मूल्यमा बुधबार ब्रेक लागेको छ। मंगलबारका तुलनामा भन्दा सुन तोलामा ३ सय रुपैयाँले घटेको छ।

बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार ३ सय रुपैयाँ बढ्दा कारोबार मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा भएको थियो। पछिल्लो समय जारी निषेधाज्ञाले गर्दा सुनको कारोबार उपत्यका बाहिरका केही जिल्लाहरुमा मात्र छ ।

चाँदीको मूल्य भने बुधबार स्थिर छ। मंगलबार १५ रुपैयाँ घट्दा कारोबार मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा केही दिनयता लगातार बढ्न थालेको सुनको मूल्य बुधबार थोरै घटेको छ। सुन प्रतिऔंस १८३०.९४ डलर र चाँदी प्रतिऔंस २७ .३९ डलर भएको छ। मंगलबार सुन प्रतिऔंस १८३५.९४ डलर र चाँदी प्रतिऔंस २७.३५ डलरमा कारोबार भएको थियो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?