Saturday, December 7, 2024
spot_img

ट्रेन्डिङ :

ओलीलाई रोक्न सांसद पदबाट राजीनामा गर्नुपर्छ : भीम रावल

spot_img
spot_img

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ,’ उनले ट्वीटरमा लेखेका छन्, थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

एमालेको माधव नेपाल पक्षभित्र सामूहिक राजीनामा चर्चा चलिरहेका बेला रावलले पनि राजीनामा दिनुपर्ने मत सार्वजनिक गरेका हुन् ।

तर, नेपाल पक्षभित्र सामूहिक राजीनामा दिने कुरामा एकमत बन्न सकिरहेको छैन । नेपाली कांग्रेससहितका विपक्षी दलले वैकल्पिक सरकार गठनका लागि नेपाल पक्षको राजीनामाको अपेक्षा गरिरहेका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?