१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भीषण असिनापानीले दार्चुलामा तरकारी र फलफुल खेती नष्ट



दार्चुला । बुधबार बेलुकी परेको असिनापानीका कारण दार्चुलाका विभिन्न गाउँमा तरकारी बाली र फलफुल खेतीमा क्षती भएको छ । असिनापानीको कारण तरकारी, फलफुल र कृषि बालीमा व्यापक क्षती भएको कृषकहरुले बएका छन् । असिना पानीको कारण कृषि बालीमा व्यापक क्षती भएको मिलमिलिका स्थानीय रमेशराज बिष्टले बताए । त्यस्तै अमतोलीका स्थानीय रामदत्त पन्तका अनुसार असिला पानी र ढलको पानीका कारण तरकारीखेतीमा व्यापक क्षती भएको छ । अमतोलीमा माथिबाट आएको ढल अर्थात भलका कारण तरकारीका साथै पानीको धारा र शौचालयमा क्षती भएको उनले बताए ।

शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका सहित जिल्लाका विभिन्न स्थानीय तहमा असिनापानीका कारण तरकारी खेतीमा क्षती पुगेको कृषकहरुको गुनासो छ । भित्याउने बेला भएको तरकारी, फुल्न लागेको सन्तोला, आप, मौसमी लगायत फलफुल र उम्रिनै लागेको मकै खेतीमा क्षती भएको लेकमका कृषक धनन्जय जोशीले बताए । विभिन्न ठाउँमा गरी लाखौँको कृषि बाली क्षती भएकोले स्थानीय सरकारले राहतको व्यवस्था गर्नुपर्ने कृषकहरुको माग छ ।


प्रतिक्रिया दिनुहोस !