१० जेष्ठ २०८१, बिहीबार
 |   Thu May 23 2024
Logo

महन्थ ठाकुर र राजेन्द्र महतो कांग्रेसका सभापति देउवा निवास बुढानिलकण्ठ पुगे



काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन्। बिहीबार बिहान साढे ११ बजेदेखि देउवासँग अध्यक्ष ठाकुर र महतोको भेटवार्ता भइरहेको छ। स्रोतका अनुसार अहिले भेटवार्ता जारी छ। देउवालाई भेट्न सुरूमा महतो पुगेका थिए। त्यसपछि केहीबेरमा अध्यक्ष ठाकुर पुगेका हुन्। संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।


प्रतिक्रिया दिनुहोस !