१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

माओवादी केन्द्रले बोलायो आकस्मिक स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजे बैठक बोलाइएको नेता हरिबोल गजुरेलले जानकारी दिए । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलगायतका दलसँग मिलेर नयाँ सरकार बनाउने तयारी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !