१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सीइडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड, २ लाख ३४ हजारले पाए १० कित्ता सेयर



सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  शुक्रबार बाँडफाँट भएको छ । २ लाख ३४ हजार १९५ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।

यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ४ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका ४ जनालाई १–१ कित्ताका दरले थप गरिएको  बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।   ४ जना लगानीकर्ताले भने ११ कित्ता सेयर पाएका छन् ।

कुल १६ लाख ८५ हजार ६२७ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । ४ हजार ४४२ जना आवेदकको आवेदन भने अयोग्य ठहरिएको थियो । बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सकिनेछ ।

सीइडीबीले वैशाख १७ गतेबाट २१ गतेसम्म २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।


प्रतिक्रिया दिनुहोस !