१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

जसपामा विवाद बढेपछि महन्थ र उपेन्द्रबीच वार्ता हुँदै, समस्या समाधानको बाटो पहिल्याउने वा अलग-अलग बाटो तय गर्नेमा छलफल



जनता समाजवादी पार्टी (जसपा) नेपालमा सम्भावित विभाजन रोक्न आज दुईपक्षीय वार्ता हुँदैछ ।

एक वर्षअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाभित्र वैकल्पिक सरकार गठनको विषयमा देखिएको मतभेद चुलिँदो छ । विवादकै बीच अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता हुन लागेको हो ।

भेटमा पार्टीभित्रका समस्या समाधानको बाटो पहिल्याउने वा अलग-अलग बाटो तय गर्ने भन्नेमा छलफल हुनेछ ।


प्रतिक्रिया दिनुहोस !