Monday, March 17, 2025

ट्रेन्डिङ :

प्रधानमन्त्रीको सपथविरुद्ध परेका रिटको सुनुवाई प्रधानन्यायाधीशको बेञ्चमा

spot_img
spot_img

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ । बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितका व्यक्तिहरुले दायर गरेका रिटको पेशी राणाले आफ्नै इजलासमा तोकेका हुन् ।

प्रधानमन्त्रीले वैशाख ३१ गते सपथग्रहण गर्ने क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द छुटाएको र त्यो पर्दैन भनेको विषय संविधानको वर्खिलाप रहेको भन्दै सपथ बदर गर्न विभिन्न सातवटा रिट परेका छन् ।

त्यस्तै सांसद सदस्य नरहेका ६ जना पूर्व माओवादी मन्त्रीहरुलाई दोस्रो पटक नियुक्ति दिइनु पनि संविधान विपरित रहेको दावीसहित परेका रिटमाथि पनि राणाकै इजलासमा सुनुवाई हुँदैछ । सो रिट अधिवक्ता सन्तोष भण्डारीले दायर गरेका हुन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?