५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

स्रोत नखुलेको ८२ लाख सहित चार जना पर्सा प्रहरीको नियन्त्रणमा



बीरगंज- पर्सा प्रहरीले ८२ लाख ५० हजार सहित चारजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार एकजना नेपाली र ३ जना भारतिय सहित ४ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त रकम सहित बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ का बर्ष १८ का कलामुद्दिन अन्सारी, भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नम्बर १८ का बर्ष २७ का बिकास कुमार, भारत विहार मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल वडा नम्बर ९ का बर्ष २२ का गुड्डु कुमार र भारत मोतीहारी वडा नम्बर ५ का १८ बर्षीय साहिल गुप्ता लाई पक्राउ गरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले बताउनु भएको हो ।

बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं। ४ बस्ने वर्ष १८ को कलामुद्दिन अन्सारीलाई वीरगन्ज महानगरको पुरानो बसपार्क, आदर्शनगर चौकबाट कालो झोला बोकेर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले अन्सारीलाई चेकजाचको क्रममा उनको झोला चेकजाँच गर्दा नेपाली २५ लाख नगद बरामद गरेको पर्साका प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनु भयो ।

पर्सा प्रहरीको टोलीले अन्सारीलाई नियन्त्रणमा लिएर विकास कुमारको डेरामा गएर खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको ५७ लाख ५० हजार थप फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

हुण्डी रकम सहित पक्राउ परेका चारैजनालाई अवैध कारोबारा बैंक तथा वित्तीय कारोबार ऐन अन्तर्गत मुददा चलाउने तयारी भै रहेको प्रहरीले बताए ।

रकम सहित पक्राउ परेका चारै जना हुण्डी कारोवारी हुन सक्ने र उनिहरुले स्रोत नखुलाएको कारण रकम सहित नियन्त्रणमा लिएको प्रहरीको दावी रहेको छ । उक्त अबैध रकम सहित पक्राउ परेकाहरुले प्रयोग गर्ने डिस्कभर मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !