काठमाडौं । सरकारले देशका विभिन्न जिल्लामा रहेका निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आइसियू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना वापत अस्पताललाई मन्त्रालयले दिने छ ।
मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ ।
हेर्नुस् निःशुल्क उपचार हुने अस्पतालको सूची
![No description available.](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.15752-9/186276615_317916759969372_5787515671800201139_n.jpg?_nc_cat=101&ccb=1-3&_nc_sid=ae9488&_nc_ohc=G5MmCogLHUMAX8-q7s7&_nc_ht=scontent.fktm10-1.fna&oh=8ce5de5915f5d5126f649da6928a0c9a&oe=60C9B7A2)