कोरोना भाईरसको दोस्रो लहरका कारण भारत र नेपाल अहिले नाजुक संकटको अवस्थामा छन् । भारतमा देखिएको तेस्रो लहर अहिले त नेपालमा पनि देखिसकेको छ। अब आउने दिनहरु झन् कठिन हुने देखिएको छ। जनता अक्सिजन नपाएर छटपटीमा छन् । जनताले आफ्नो अन्तिम श्वास फेरी मृत्युवरण गरिरहेको बेला सरकार र राजनीतिको खेल चलिहेको छ। दिनहुँ दुई सयभन्दा बढीको कोरोनाको कारण मृत्यु भइरहेको छ। यो संख्या अझै बढ्ने देखिएको छ। तर मेरो सरकार मौन छ। यस्तो स्वास्थ्य संकट र महामारीको बेला पनि आफ्नो अमूल्य समय सत्ता र कुर्सीमै खेर फाली रहेको छ। मान्छेहरु हस्पिटलमा बेड नपाएर अक्सिजनको अभावमा आफ्नो अमुल्य ज्यान गुमाइरहेका छन्। सरकार फोहोरी राजनीति गर्न रत्ति पनि लाज, सरम र घिन छैन । चीनबाट फैलिएको कोरोनाको कारण विश्व अहिले आक्रन्त छ तर कोरोना लाई नियन्त्रणमा लिएर चीन ढुक्क छ । सरकार उसले के कस्तो गर्यो ? त्यस्तै गर्न सकिन्न के उनीहरुले गरेका कुराहरूबाट हामीले सिक्न सकिँदैन ?
सरकार कसरी हुन्छ कुर्सी जोगाउन भन्दा नि जनता बचाउन तिर लाग्नुहोस । चीन हाम्रो असल छिमेकी राष्ट्र हो । हामीलाई सधै सुख दुखमा साथ दिन्छ । छिटोभन्दा छिटो चीन लगाउत तेस्रो मुलुक बाट खोप औषधि उपचार सामाग्री ल्याउन पर्यो जनता बचाउन पर्यो होइन र छिमेकीले १५ दिन मै अत्याधिक सुविधा सम्पन्न कोरोना अस्पताल तयार पारेर आफ्ना प्यारा जनताको ज्यान बचाउन उद्घाटन गर्दा सोही दिन तिमीले कमिसनको लागि सेमिनार हलको उद्घाटन गर्न लाज लागेन र ? ए सरकार जनता बाँचे र भोट गर्न सक्षम भए भने पो यो फोहोरी राजनीति बच्ला र गरौंला । यदि जनता नै भएनन् भने तिम्ले गरेको राजनीतिको के काम ? य सरकार लकडाउन गरेका छौं भनेर मख्ख परेर किन बसिराखेको छौ ? कहिले सडक, पेटी सब्जी मंडी तरकारी बजार हेरेका छौ ? त्यसको पालना के कति भइरहेको छ कि छैन भनेर ?
य सरकार तिमीले त केही गर्न सक्दैनौ, कमसेकम अरुले सहयोगी रुपले पठाएको अक्सिजन र सिलिन्डर त व्यवस्थित तरिकाले बाँड्न सक्छौ ? यदि सक्दैनौ भने सक्दैन भन्न कमसेकम गरिब जनताको आँसु देख्न नसकेर सहयोगी दाताहरुले गरेका सहयोगहरुपनि तिम्लाई कमिसन नआउने हुँदा लिदैनौ किन भन्छौ ? आएका सामानहरू पनि हिनामिना किन गर्छौ ? ए सरकार ओमानबाट सिलिन्डर र चीनबाट अक्सिजन आयो अरु कताबाट के-के आयो आयो र गयो कता केहि थाहा छैन ?
सरकार अस्पतालमा अवस्था उस्तै छ । अक्सिजनको हाहाकार अहिले सम्म पनि यथावत्नै छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको बढ्यै छ । त्यता तिर ध्यान दिने होइन ? ए सरकार अक्सिजन आयो रे मन्त्री र सांसदहरुको घर घरमा पुग्यो रे तर तिमीलाई थाहा भयो कि नाइ ? अक्सिजनको अभावमा छट्पटी रहेका कोरोना संक्रमितले पाए की नाई ? ए सरकार शहरिया र टाठाबाठा मन्त्री, सांसदले त अक्सिजन पाए रे तिनीहरू आफ्नो टोल शहरमा गएर अक्सिजन बाँडेकी लुकाएर घरमै राखेका छन् थाहा भयो की नाई ? तर बिडम्बना य सरकार म जस्तै अति दुर्गम जुम्ला एवं समस्त कर्णाली जनताका सोझासाझा मन्त्री संसदले त पक्कै पनि अक्सिजन पाएका छैनन् होला ? पाए पनि त यो दुर्गम सम्म ल्याउने स्रोत साधन र समनोयन भएको छैन होला ! यदि अक्सिजन दुर्गम सम्म आईहाले भने पनि को कतिले ज्यान गुमाइ सके पछि आइपुग्ने हो त्यो आकलन त मेरो सरकारलाई पनि त थाह छैन होला नि !
ए सरकार म जुम्ली एवंम् समस्त कर्णालीको छोरा हुँ । मेरो भागको अक्सिजन समयमै पठाई देऊ सरकार मलाई अकालमै मर्नु छैन । बाँचेर देशको निम्ति धेरै राम्रो काम गर्नु छ । म बाँचे भने जुम्लामा पाइने कस्तुरीको बिना, डोल्पामा पाइने यार्चागुम्बा, हुम्लामा पाइने चौरीगाईको ध्यू अनि जुम्लाको स्याउ, ओखर, रातो मार्सि चामल , सिमि को स्वादिलो दाल र राडिपाखी अनि तिला नदी र मुगुमा भएको रारा तालको चिसो पानी बोकेर दुःख ,कष्ट ,सहदै स्वर्गको बाटो कर्णाली राजमार्गको बाटो हुँदै सिहदरवारमै भेट्न आउँला ।
लेखक बालगोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ्ग कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ्ग तेस्रो वर्षमा अध्यनरत विद्यार्थी हुन् ।