५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट कोरोना संक्रमण मुक्त



धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट संक्रमणमुक्त भएका छन् ।

बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीको रिर्पोट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ ।

भट्टलाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेर सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा उपचार गराइरहेका थिए ।


प्रतिक्रिया दिनुहोस !