५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

मन्त्रिपरिषद बैठक २:३० बजे बस्दै, काेभिड लगायतका विषयमा छलफल हुने



काठमाडौं । मन्त्रिपरिषद बैठक आज दिउँसो २ः३० बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक आह्वान गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो ।

बैठकको कार्यसूचीबारे जानकारी नगराइए पनि अहिलेको कोभिडको समस्या समाधान तथा अन्य समसामयिक विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो । सरकारले बजेटअघि नीति तथा कार्यक्रमबारे संसद् बैठकमा छलफल गराउनुपर्ने हुन्छ । त्यसबारेमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुरुप बजेट अधिवेशन बोलाउनेबारेमा समेत मन्त्रिपरिषद बैठकमा छलफल हुने बुझिएको छ । यद्यपि सो अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत संसद्बाट लिने तयारी गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस !