५ जेष्ठ २०८१, शनिबार
 |   Sat May 18 2024
Logo

काठमाडौं उपत्यकामा ३,२३२ जनामा कोरोना संक्रमण



काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमित भेटिएका छन् ।

बिहीबार देशभर थप ६५४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९० जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !