१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मन्त्रिपरिषद्ले स्वीकृत गर्यो “नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश”



काठमाडौँ-  बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जन्मसिद्ध नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गरी अध्यादेश स्वीकृत गरेको हो । बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ । मन्त्रिपरिषद्ले शपथग्रहण र कोरोना महामारीसहित नागरिकतासम्बन्धी अध्यादेश एकसाथ राष्ट्रपति कार्यालय पठाएकोमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताबाहेकका अरू दुई अध्यादेश मात्रै जारी गरेकी छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामै विचाराधीन छ ।  मन्त्रिपरिषद्ले राजनीतिक दाउपेच पूरा गर्न ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको छ । तर अध्यादेश राष्ट्रपतिबाट जारी हुन भने बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !