१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नयाँ सरकार बनाएर ओलीलाई र महाअभियोग लगाएर राष्ट्रपतिलाई विदा गरौं- गगन थापा



नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदा गर्न र राष्ट्रपतिलाई महाअभियोग लगाएर विदा गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न भोलि साँझसम्मको समय दिएपछि थापाको यस्तो प्रतिक्रिया आएको हो ।

विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि प्रक्रिया शुरु गर्नुपर्ने थापाको भनाइ छ ।

थापाले सामाजिक संजालमा लेखेका छन्,‘राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो । नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं । महाअभियोग लगाएर रापलाई बिदा गरौं।’

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्मको समय दिएकी छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि बाटो खोलिदिने बताएपछि राष्ट्रपतिबाट नयाँ प्रक्रियाका लागि आव्हान भएको हो । यस्तो आव्हानपछि उक्त कदमको चर्को विरोध भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !