१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अमेरिकाले नेपाललाई दिने वैदेशिक सहायता ५ अर्ब ८४ करोड पुग्यो



काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराउने वैदेशिक सहायता ५ अर्ब ८४ करोड (५० मिलियन डलर) पुगेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले शुक्रबार बिहान ट्वीटरमार्फत वैदेशिक सहायतामा वृद्धि गरिएको जानकारी दिएका हुन् ।

कोभिड-१९ महामारीविरुद्ध घोषणा गरिएका सहायतालाई समेत जोडेर बैदेशिक सहायताको आकारमा वृद्धि गरिएको उल्लेख छ ।

‘अमेरिकाले नेपाललाई उपलब्ध गराएको यो सहायताले कोभिड-१९ महामारीविरुद्ध लड्न दक्षिण एसियाली मुलुकलाई सहयोग गर्छ’ उनले भनेका छन् । महामारीविरुद्ध अमेरिकाले नेपाललाई चरणबद्ध सहायता उपलब्ध गराउने जानकारी दिँदै ब्लिंकेनले सहायताको पहिलो खेप चाँडै आउने समेत जनाएका छन् ।

अमेरिकी सहयोग नियोग युएसएडले अत्यावश्यक स्वास्थ्य सामाग्रीलाई चाँडै नेपालमा एयरलिफ्ट गर्ने सन्दर्भमा अमेरिकी विदेश मन्त्रीको उक्त जानकारी बाहिर आएको हो ।


प्रतिक्रिया दिनुहोस !