१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

विपक्षी गठबन्धनले माधव नेपाललाई प्रधानमन्त्रीको रुपमा अघि सार्न सक्ने



काठमाडौँ- विपक्षी गठबन्धनले माधव नेपाललाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने विकल्प अघि सारेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको विपक्षी दलहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गर्न नेता नेपाललाई अघि सार्ने विषयमा कुराकानी भएको हो। संविधानको धारा ७६ (५) अुनसार सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय शुक्रबार साँझ ५ बजेसम्मम छ।

उक्त बैठकमा राष्ट्रपति विद्यादेवि भण्डारीलाई महाअभियोग लगाउने देखि नेपाललाई प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा अघि सार्नेसम्मका विकल्पमाथि चर्चा भएको थियो।

उक्त बैठकपछि कांग्रेस, माओवादी केन्द्र, जसपाका उपेन्द्र यादव पक्ष र एमालेको नेपाल पक्ष आन्तरिक छलफल गरिरहेका छन्।

बुढानिलकण्डबाट फर्किर नेता नेपाल अहिले सिंहदरबारस्थि लेखा समितिको बैठक कक्षमा आफू निकट नेताहरुसँग ब्रिफिङ गरिरहेका छन्। त्यहाँ सहभागी एक सांसदका अनुसार नेता नेपालले आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सर्न प्रस्ताव आएको जानकारी गराएका छन्।

तर उनी आफै भने त्यसका लागि तयार नभएको उनी निकट एक नेताले देश सञ्चारलाई जानकारी दिए। उनले भने, ‘उहाँलाई प्रस्ताव गरिएको छ। तर उहाँ आफैँ त्यसका लागि तयार हुनुहुन्न।’

विपक्षीले नेता नेपाललाई अघि सार्न तयारी गर्र्दै गर्दा केपी ओलीले फेरि आफूले धारा ७६ (५)को प्रधानमन्त्रीमा दाबी गर्ने घोषणा गरेका छन्।

बुढानिलकण्ठ छलफलमा कांग्रेस माओवादीका साथै एमालेको माधव नेपाल समुहबाट नेपाल र नेता भीम रावल सहभागी थिए भने जसपाबाट उपेन्द्र यादव र बाबुराम भट्टराई सहभागी भए। बैठकबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले विभिन्न विकल्पमाथि छलफल भएको जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !