६ जेष्ठ २०८१, आईतवार
 |   Sun May 19 2024
Logo

अमेरिकाबाट सहयोग सामग्री आज आउँदै



काठमाडौँ । कोरोना महामारीबाट नेपाली जनताको ज्यान बचाउन अमेरिकाले ठूलो परिमाणको स्वास्थ्य सामग्री नेपाल पठाएको छ । सहयोग सामग्री शनिबार नेपाल आइपुग्दै छ । अहिले पठाएको स्वास्थ्य सामग्रीसहित अमेरिकाले यता १५ महिनामा पाँच करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सहयोग दिएको छ ।

अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत नेपाल पठाएको यो हालसम्मकै ठूलो स्वास्थ्य सहयोग हो । कोरोना महामारीसँग जुधिरहेको नेपालका लागि यो सहयोग पठाइएको नियोगले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । अमेरिकाबाट आउने सामग्री शनिबारसम्ममा आइपुग्ने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय