Saturday, May 24, 2025

ट्रेन्डिङ :

ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी : प्रचण्डको सचिवालय

spot_img
spot_img

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर जनमतको अपमान गरेको बताएको छ ।

प्रचण्डको सचिवालय नेतृत्व गर्दै आएकी प्रचण्डपुत्री गंगा दाहालले फेसबुकमा ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेको आरोप लगाएका छन् ।

१ सय ४९ जना बहुमत सांसदको हस्ताक्षर सहितको नयाँ सरकार बनाउने स्पष्ट बिकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले जनमतको अपमान गरेको प्रचण्डको सचिवालयको भनाइ छ।

दाहालले लेखेकी छन्, ‘संविधानको धज्जि उडाउँदै जनमतको अपमान गर्दै बारम्बार संसद बिघटन गर्ने निरंकुश केपी ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेका छन् । नेपाली जनता धेरै सचेत भइसकेका छन् हिसाब राम्रै सँग राख्नेछन् १ संपूर्ण गणतन्त्र पक्षधरहरुले आ–आफनो ठाउँबाट प्रतिवाद गरौं ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?