काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद विघटनको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । संसद विघटन र मध्यावधि निर्वाचन घोषणाबारे सामान धारणा बनाउन शनिबार विहान नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बसेको थियो, जसले संसद विघटनलाई असंवैधानिक भन्दै राजनीतिक तथा कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
लगत्तै पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकले पनि संसद विघटनलाई असंवैधानिक, निरंकुश र प्रतिगामी कदम भनेको छ । र, यसको संवैधानिक र कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । राजनीतिक रुपमा गर्ने प्रतिवाद कस्तो हुन्छ भन्ने प्रश्नमा माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘हामी कोरोना महामारीको भयावह संकटबाट गुज्रिरहेका छौं । यो पक्षलाई अनदेखा गरेर कुनै पनि कार्यक्रम गर्दैनौं ।
उनका अनुसार महामारीसँग जुधिरहेका जनतालाई सहयोग गर्न वडा तहसम्म कोभिड–१९ सेवा इकाई गठन गर्ने निर्णय भएको छ भने असंवैधनिक कदमको प्रतिवाद गर्न र राष्ट्रिय स्वाधिनता रक्षाको पक्षमा उभिन अपील गरेको छ ।
हेर्नुहोस् नेकपा माओवादी केन्द्रको निर्णय