१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ओलीले विदेशीसँग साँठगाँठ गरेर लोकतन्त्र सिध्याउन खोजे, हामी नयाँ पार्टी खोल्छौँ : नेपाल



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता नेपालको समूहले नयाँ पार्टी खोलने तयारी गरेको छ । भित्रको विवाद फेरि उत्कर्षमा पुगेपछि वरिष्ठ नेता नेपालले कान्तिपुरसँग कुरा गर्दै पछिल्ला राजनीतिक घटनाक्रमसँगै आफुहरु अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । केपी शर्मा ओलीले धकेलेर अर्को पार्टी खोल्न बाध्य पारेको गुनासो गरे । प्रतिनिधिसभामाथि ओलीजीले नै एकपछि अर्को प्रहार गर्न थालेपछि हामीले के गर्न सक्छौं र  हामीले त जोगाउन सक्दो प्रयत्न गरेकै हो नि । उहाँले असंवैधानिक कदम चालेपछि हाम्रो उपाय लागेन । प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन हामी फेरि पनि लागेका छौं ।

जो लोकतन्त्र र प्रतिनिधिसभा जोगाउन लाग्छ, उसैले कम्युनिस्ट पार्टी जोगाउने हो । ओलीजीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने हाम्रो स्थायी कमिटीको निर्णय नै छ । शनिबार पनि बैठक बसेको थियो, उहाँको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छौं । त्यस्तै प्रधानमन्त्री ओलीले विदेशीसँग साँठगाँठ गरेको समेत आरोप लगाएका छन् । हामीसँग कुनै मतलब नराखेर उहाँले नै दक्षिणपन्थीहरूसँग साँठगाँठ गरेको होइन  उहाँले एकलौटी गर्नुभएको छ । विदेशीसँग याचना गर्नुभएको छ, नेपालले भने ।


प्रतिक्रिया दिनुहोस !