Friday, May 23, 2025

ट्रेन्डिङ :

नागरिकता सम्बन्धी अध्यादेशको महन्थ ठाकुरद्वारा स्वागत

spot_img
spot_img

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले त्यसको स्वागत गरेका छन् ।

अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी त्यसको स्वागत गरेका हुन् । विज्ञप्तिमा उनले भनेका छन् : ‘लाखौं लाख नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान, जसलाई अद्यावधि नेपाली नागरिकताबाट बन्चित राखिएको थियो, वर्षौँ प्रतिक्षा पछि जसपा नेपालको निरन्तर संघर्ष र प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको जानकारी गराउँदछौं ।’

त्यसैगरि जनकपुरमा जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले दीप प्रज्वलन गरेर खुसीयाली मनाएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?