Thursday, December 5, 2024
spot_img

ट्रेन्डिङ :

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले गरे हस्ताक्षर

spot_img
spot_img

काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।
माधव नेपाल पक्षीय सांसद निरादेवि जैरूले सिंहदरबारमा भएको सांसदहरुको भेलाबाट आज ३० सांसदले हस्ताक्षर गरेको दावी गरिन् । उनले हिजो २१ सांसदले हस्ताक्षर गरेकोमा  आज थप ९ सांसदले हस्ताक्षर गरेसँगै सांसदको संख्या ३० पुगेको बताइन् ।

हस्ताक्षर गर्ने सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायत ३० जना रहेका छन् ।

 

आज हस्ताक्षर गर्नेमा मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत रहेका छन् ।

यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिलाई बुझाइएको हस्ताक्षरमा नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेकोमा यो संख्या अहिले थपिएको हो।
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?