१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

माथिल्लो तामाकोसीको म्यानहोलको मर्मत सकियो, सोमबारदेखि पानी भर्न सुरु



निर्माण  सम्पन्न सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्राविधिक परीक्षण (वेट टेस्ट) सकेर आज सोमबारदेखि पानी भर्न सुरु गरिएको छ ।

परीक्षणका क्रममा पेनस्टक पाइपको जोर्नी (म्यानहोल) मा आएको समस्या आइबार समधान भएपछि सोमबारदेखि पुनः पानी भर्ने काम सुरु भएको पर्वद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवत्ता गणेश न्यौपानेले बताए ।

म्यानहोलमा देखिएको समस्या हल भएकाले अब पुनः समस्या आउने संभावना नरहेको उनले जानकारी दिए । केही दिनको परीक्षणपछि व्यवसायिक रुपमा पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुने उनको भनाई छ ।

यसअघि जेठ १२ गतेसम्म आयोजनाको परीक्षण पुरा गरी एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने कार्यतालिका बनेको थियो । पाइपको म्यानहोलबाट पानी चुहिएपछि मर्मत गरी पुनः पानी भर्न सुरु गरिएको हो ।  पेनस्टकको करिब ६ सय मिटरसम्म पानी भरिसकिएको छ ।

४५६ मेगावाटको आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्ने छ । निर्माण सकिएको यो हालसम्मकै ठूलो जलविद्युत आयोजना हो ।


प्रतिक्रिया दिनुहोस !