Sunday, January 19, 2025

ट्रेन्डिङ :

राष्ट्रपतिले जारी गरेको नागरिता विधेयक राष्ट्रहित विपरित : विप्लव

spot_img
spot_img
spot_img

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जारी गरेको नागरिता अध्यादेशको विप्लव नेतृत्वको नेकपाले विरोध गरेको छ । नेकपाका महासचिव विप्लवले सोमबार अपरान्ह एक प्रेस विज्ञप्ति जारी गरेर राष्ट्रपतिद्वारा जारी गरिएको नेपाली नागरिकता (पहिलो संशोधन) २०७८ खारेज गर्न माग गरेका छन् । उनले उक्त कदमलाई राष्ट्रहित विरुद्धको कदम भन्दै यस्ता यस्ता अध्याधेश लागु नगर्न केपी ओलीलाई चेतावनी समेत दिएका छन्।

विप्लवले एकातिर अहिलेको संविधान जारी गर्दा नै नागरिकतासम्बन्धी कैयौँ गलत एवम् त्रुटिपूर्ण प्रावधानहरू रहेको र त्यसका बारेमा आफ्नो पार्टीले त्यतिबेलै विरोध जनाईसकेको स्मरण गराउँदै हरेक नेपाली नागरिकले सहज ढङ्गले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार रहेकोले त्यो सुविधा पाउनुपर्छ तर नागरिका वितरणका नाममा राष्ट्रहित विपरित अध्यादेश जारी गरेर राष्ट्रघात गर्ने उदेश्य राख्नु गलत भएको बताएका छन् ।

विप्लवले आफ्नो सत्ता जोगाउनका लागि नागरिकता जस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुने भए पनि त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्तो निर्णय लिएको भन्दै त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने जनाएका छन् । ‘अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहित विपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?