७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कोरोना नियन्त्रण र खोपका लागि ३२ अर्ब २८ करोड ऋण



काठमाडौं : सरकारले कोभिड नियन्त्रण रोकथाम तथा खोपका लागि ३२ अर्ब २८ करोड ऋण सहायता परिचालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । सोमबार मन्त्रालयमा भएको भर्चुअल पत्रकार सम्मेलनमा ऋण सहाययता अन्तर्गत कोभिड १९ को प्रतिकार्यका लागि विश्‍व बैंकबाट तीन अर्ब ४८ करोड सहायता प्राप्‍त भएको उनले जानकारी दिए ।

खोप व्यवस्थापनका लागि ९ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएर कार्यान्वयनमा आउने क्रममा रहेको मन्त्री त्रिपाठीको भनाइ छ । कोभिड(१९ को खोप व्यवस्थापनका लागि एशियाली विकास बैंकबाट थप १९ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने विषयमा छलफल भइरहेको उनले जानकारि दिए । ुकोभिड संक्रमण सुरु भएपछि विभिन्‍न राष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था तथा निकायहरूबाट आर्थिक तथा प्राविधिक सहायता प्राप्‍त भइरहेकोले मन्त्रालयको तर्फबा हार्दिक आभार व्यक्त गर्दछु उनले भने ।


प्रतिक्रिया दिनुहोस !