१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कर्मचारीहरुको तलब १५ प्रतिशतले बढ्दै, महंगी पनि आकासिने !



काठमाडौं । आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट आउन अब ६ दिन मात्र बाँकी छ । आगामी बजेटमा शिक्षक र कर्मचारीको तलब बढ्ने निश्चित छ। सबै कर्मचारीको तलब लगभग १५ प्रतिशत तलव बढ्ने सम्भावना छ । चुनाव घोषणा भइसकेकोले आफ्नो पक्षमा भोट तान्न पनि सरकारले तलव बढाउने तयारी गरेको अर्थमन्त्रालयको उच्च श्रोत बताउँछ । यो अघि ओलीले चुनावमा भोट तान्नकै लागि पनि बृद्ध भत्ता ५ हजार पुर्याउने बताएका थिए । अघिल्ला २ आर्थिक बर्षमा नबढेको बृद्ध भत्ता यस पटक यस पटक भने बढाउने सरकारको तयारी रहेको बताईन्छ ।

चालू आवको बजेट कोरोना महामारीकै बीचमा आएकाले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्न सकेको थिएन । कर्मचारीको बजेट २–२ वर्षमा वृद्धि गर्ने परिपाटी रहेकाले यसपालि तलब वृद्धि गर्नुपर्ने दबाब अर्थ मन्त्रालयलाई छ । अर्थ मन्त्रालयको बजेट महाशाखाले एक अधिकारीले सामाजिक सुरक्षा भत्ता र तलब वृद्धिका लागि स्रोत व्यवस्थापनमा सरकार लागि परेको र दाताहरुसँग परामर्श भइरहेको बताए । सामाजिक सुरक्षा भत्ता र सरकारी कर्मचारीको तलबसुविधा बढाउँदा सरकारलाई अर्बौं रुपैयाँ दायित्व थपिन्छ।

अर्थमन्त्रालयले आर्थिक वर्ष १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ। यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु आर्थिक वर्षको भन्दा बजेट वृद्धि हुन लागेको हो । गत वर्षको हाराहारीमा नै सामाजिक सुरक्षा भत्ता दिए पनि सामाजिक सुरक्षामा नै थप १३ प्रतिशत लाग्ने आंकलन अर्थ मन्त्रालयको छ । कर्मचारीको तलब बढेसँगै बजार भाउ भने आकासिने अर्थविद्हरु बताउँछन् । सरकारले कर्मचारीको तलब बढाउँदा स्वत अन्य क्षेत्रमा बजार मुल्य ओकालो लाग्ने र त्यसको मारमा सर्वसाधारण पर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !