१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

स्थानीय तहकै समझदारीमा ८ जिल्लामा उच्चगतिको इन्टरनेट सेवाको सुरुवात



काठमाडौं । स्थानीय तहकै सम्झदारीमा उच्च गतिको इन्टरनेट सेवा विस्तारको काम प्रारम्भ भएको छ ।  पहिलो चरणमा बागमती प्रदेशको भूूकम्प अति प्रभावित ८ वटा जिल्लाका स्वास्थ्य संस्था, वडा कार्यालय, आभारभूत विद्यालयहरुमा इन्टरनेट सेवा उपलब्ध गराउने अभियान सुरु गरिएको हो ।

सो सेवाको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जुम बैठकमार्फत शुभारम्भ गरे । सो कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष, नेपाल टेलिकमका कार्यकारी निर्देशक लगायत स्थानीयत तहका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सेवा जडान भएको २ वर्षसम्म इन्टरनेट सेवा निःशुल्क रुपमा उपलब्ध गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । पहिलोचरणमा काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, ओखलढुंगामा जडान हुनेछन् ।

सो सेवा सबै स्थानीय तह, वडा कार्यालय, सामूदायिक स्वास्थ्य संस्था तथा सामूदायिक विद्यालयहरुमा उपलव्ध हुने जानकारी दिइएको छ । सेवा प्रदायक कम्पनीले न्यूनतम २० एमबीबीएस इन्टरनेट सेवा उपलव्ध गराउने छन् । यसअघि प्राधिकरणबाट सम्झौता भई काम भएकोमा प्रभावकारी नभएको व्यापक गुनासो आएको छ ।

सो गुनासो आएपछि मन्त्री गुरुङले स्थानीय तहबाट बजेट खर्च हुने गरी व्यवस्था मिलाएका हुन् । तत्काल सम्झौता गरी काम थालिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय