Thursday, January 23, 2025

ट्रेन्डिङ :

चीनको सहयोगमा पाकिस्तानले बनायो आफ्नै खोप

spot_img
spot_img
spot_img

एजेन्सी-  सोमबार पाकिस्तानले आफ्नै देशमा निर्माण गरेको कोरोनाविरुद्धको खोपको घोषणा गरेको छ । कोरोना संक्रमणसँग जुधिरहेको पाकिस्तानले सोमबार चिनियाँ कम्पनी कान्सिनो बायोसँगको सहकार्यमा निर्माण भएको खोप ‘पाकभ्याक्स’ को घोषणा गरेको हो ।

पाकिस्तानी प्रधानमन्त्रीका विषेश स्वास्थ्य सल्लाहकार डा. फैसल सुल्तानले ट्विटरमा लेख्दै पाकभ्याक्सको निर्माण भएको र क्लिनिकल ट्रयालमा रहेको घोषणा गरेका हुन् । पाकभ्यास्कको निर्माणले पाकिस्तानलाई कोरोना भाइरसविरुद्धको खोपका लागि अन्य देशसँगको परनिर्भरतालाई कम गर्ने विश्लेषण गरिएको छ ।

गत फेब्रुअरीमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप अनुदानमा पाएपछि खोप अभियान चालेको पाकिस्तानले संक्रमणको दोस्राले लहर फैलिरहँदा सुरुवातमा फ्रन्टलाइनमा रहेका स्वास्थ्य कर्मिलाई खोप लगाएको थियो । दोस्रो लहर फैलिरहँदा पाकिस्तानले देशमा रहेका वृद्ध नागरिकलाई खोप लगाएको थियो । अहिले पाकिस्तानमा ३० वर्षभन्दा माथि उमेर समूहका मानिसलाई खोप लगाइरहेको छ । हालसम्म पाकिस्तानमा ५० लाखभन्दा धेरैलाई खोप लगाइरहेको छ ।

खोप निर्माण भएको घोषणा गर्दै सुल्तानले ट्विटरमा लेखेका छन्, ‘पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थान र यसको समूहले चीनको कान्सिनो बायोको सहयोगमा खोप निर्माण गर्न सफल भएको हार्दिक बधाई छ । खोपले परीक्षण काल पूरा गरेको छ ।’

पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थानका अनुसार अब हरेक महिना ३० लाखको संख्यामा खोप उत्पादन हुने छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?