काठमाडौं : कर्मचारीका हक हितका लागि निरन्तर लडिरहेका नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरेले नेपालको तलबमा दक्षिण एसियाकै सबैभन्दा कम रहेको बताएका छन् । एक अनलाईनसँग कुरा गर्दै बजारको मुल्य अनुसार दाल, चामल, नुन, तेल, तरकारी, मरमसला, घरभाडा, इन्धन, छोराछोरीको पढाई खर्च सबै गर्दा आधारभुत तहका कर्मचारीको लागि कम्तिमा ४० हजार आवश्यक पर्नेसमेत उनले बताएका छन् । घिमिरे भन्छन्, अहिलेको मंहगी अनुसार कम्तिमा ४० हजार तलबले मात्र उसको जीविकोपार्जन हुन्छ । २५ हजारको तलबले उनीहरुलाई २० दिन मात्र पुग्छ बाकीँ १० दिनको लागि ऊ साथीसँग सरसापटी मागेर चल्नु अवस्था रहेको छ । तलब बढ्ने वित्तिकै महगी बढ्छ । त्यही मौका छोपेर घरबेटीले पनि घर भाडा बढाउन पुग्छन् । यी यावत कुरा सरकारको नियन्त्रण गर्नु पर्छ । सरकारले कर्मचारीको मर्का बुझ्न सकेको छैन् । यही कारणले गर्दा नै हामीले कर्मचारीहरुको लागि तलब बढाउ सरकार भन्दै आएको उनी बताउँछन् ।
त्यस्तै उनले सरकारी कर्मचारीहरु अफिसियल समय बाहेक अन्यन्त्र पार्ट टाइम काम गरेर जिविका चलाईरहेको बताए । कोही व्यापार व्यवसायमा छन् । कोही पार्ट टाइम शिक्षण, कोही बीमाको एजेण्ट, कोही शेयर कारोवारमा, कोही टियुसन पढाएर, कोही जग्गा दलाली गरेर जीवन निर्वाह गरिरहेका छन् । कोही भ्रष्टचार गरेर आर्जन गरिरहेका छन् । कम तलब भएका कारणले नै कर्मचारीहरु दोस्रो विकल्प खोज्न बाध्य रहेको उनी दाबी गर्छन् । कम तलब भएकाले कर्मचारहीले अफिसमा हुँदा समेत ध्यान शेयर भर्नेदेखि बीमा अर्थात्मा पसलमा फलानो सामान सकिएको छ भन्नेतिरै केन्द्रित हुने गरेको छ। त्यही कारण अलि टाठा बाठा कर्मचारी चाहिँ आर्थिक लाभ हुने कार्यलयमा सरुवा खोज्दै हिड्छन् । यस्ता विषयलाई बन्देज गर्नको लागि भाषण होइन् व्यवहारमा आधारभुत तहको तलब र भत्ता हुनुपर्दछ कम्तिमा जीविकोपार्जन योग्य । तलब बढाउन नसकेमा सामाजिक सुरक्षाको ग्यारेन्टी गनु पर्ने कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरेको जिकिर छ ।