Monday, March 17, 2025

ट्रेन्डिङ :

देउवासहितका पाँच नेता सिंहदरबारमा, आगामी रणनीति तय गर्दै

spot_img
spot_img

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पाँच दलका शीर्षनेता आगामी रणनीति तय गर्न छलफलमा जुटेका छन्।

नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेले निष्काशन गरेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी छन्।

बैठक झण्डै पौने घण्टादेखि चलिरहेको छ। आगामी दिन कसरी अघि बढ्ने भन्ने विषयमै छलफल भइरहेको देउवानिकट स्रोतले जनाएको छ।

पाँचै दलका तर्फबाट १ सय ४९ सांसदले जेठ ७ गते ७६ (५) अनुसार प्रधानमन्त्री दाबी गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएका थिए।

तर, दाबी नपुग्ने भन्दै खारेज गरेर प्रतिनिधि सभा नै भंग गरेपछि १ सय ४६ जना सांसदले सोमबार सर्वाेच्च अदालतमा सशरीर उपस्थित भएर मुद्दा दर्ता गराएका छन्।

मुद्दा दर्ता गर्नुअघि सोमबार पनि पाँच दलका शीर्ष नेतृत्वबीच सिंहदरबारमा छलफल भएको थियो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?