Tuesday, January 21, 2025

ट्रेन्डिङ :

ठाकुरद्वारा यादवसँग तीन दिने स्पष्टीकरण, विधान विपरित गएकाे आराेप

spot_img
spot_img
spot_img

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग स्पष्टीकरण सोध्नुभएको छ । उपेन्द्र यादवले पार्टीको मूल्यमान्यता, नीति तथा विधान विपरित गतिविध गरेको भन्दै पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार स्पष्टीकरण सोधिएको ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै यादवलाई तीन दिनभित्र जवाफ पठान भनिएको छ ।

मंगलबार राति ७ बुँदे विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम विपरित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा किन र कुन कारणले हस्ताक्षर गर्नुभएको भन्दै अर्का अध्यक्ष यादवसँग स्पष्टीकरण सोध्नुको छ ।

‘जेठ ६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६ ९५० अनुसार प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धका उम्मेदवार शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउने प्रस्ताव जेठ ७ गते किन र कुन कारणले हस्ताक्षर गर्नुभयो ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘विगतका दिनहरुमा पार्टी र पार्टी सम्बद्ध मोर्चा गत गठबनद्वारा गरिएको संघर्ष र आन्दोलनको क्रममा आन्दोलनकारी साथीहरु माथि लगाइएका झुठ्ठा मुद्दा फिर्ता, बन्दी रिहाई, उत्पीडित जातजाती र समुदायहरुको सामानुपातिक समावेशी प्रतिनिधित्व, समानता, पहिचान र अधिकार प्राप्तिको निम्ती अपूर्ण रहेको संविधान संशोधन, नागरिक सम्बन्धी समस्याको समाधान गर्ने उद्देश्यले गठित कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण, सर्वेन्दनाथ शुक्लले माग मुद्दा समाधान गराउने सवालमा जनभावना अनुरुप सकारात्मक कामहरु गरिरहेको अवस्थामा तपाईलाई किन ठेर पुग्यो र के कारणले अनुशासनको कारबाही प्रक्रिया अगाडि बढानुभयो रु,’ भनि अध्यक्ष ठाकुरले यादवसँग स्पष्टीकरण सोधिएको छ,‘सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धको रिटमा किन हस्ताक्षर गर्नभयो ? स्पष्टीकरणामा साेधिएकाे छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?