१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

काँग्रेस सडक प्रदर्शनमा नउत्रने, सामाजिक सञ्जालमार्फत बहस चलाउने



नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो ।

काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बैठकले न्यायिक लडाइ अदालतमा र राजनीतिक लडाइ सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत थाल्नुपर्ने निर्णय गरेको छ ।

बैठकपछि  उनले भने, ‘न्यायिक लडाइँअनुसार अदालतमा बहस गर्छौं । हामीले नागरिक समाज, राजनीतिक दल, आम नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्रीको षड्यन्त्रमुलुक असंवैधानिक कदमबारे सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत सुसूचित गराउन बहस चलाउँछौं ।


प्रतिक्रिया दिनुहोस !