Friday, January 17, 2025

ट्रेन्डिङ :

ओलीले भारतको सहयोगमा संसद भंग गरे, भारत कार्डले चीनलाई तर्साईरहेका छन् : एसडी मुनी

spot_img
spot_img
spot_img

काठमाडौं : नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी मुनीले केपी शर्मा ओली नेतृत्वको सरकार भारतको सहयोगमा चलेको बताएका छन् । भारतीय द ललनटप नामक एक टेलिभिजनसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । एसडी मुनीका अनुसार नेपालको राजनीतिमा देखिएको पछिल्लो घटनाक्रम र राजनीतिक समिकरणमा भारतको सहयोग छ । उनका अनुसार भारतको सहयोगअनुसार नै ओलीले संसद विघटन र चुनावको घोषणा गरेका हुन् । ‘भारतको सरकार ओलीलाई समर्थन गरिरहेको छ, पछिल्ला कदमहरु भारतकै सहयोगमा चालिएका छन्’, एसडी मुनीले भनेका छन । ओली अवसरवादी नेता भएको र उनले पहिले चीन कार्ड देखाएर भारतलाई तर्साएको र अहिले भारत कार्ड देखाएर चीनलाई तर्साइरहेको मूनीको दाबी छ ।

उनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चीनको प्रभावमा रहेको भारतले बुझेको छ । ‘अहिले भारतले ओलीलाई चीन विरोधीको रुपमा बुझेको छ’, उनले भनेका छन्, ‘प्रचण्ड र देउवालगायतका नेतालाई चिनियाँ प्रभावमा काम गर्नेको रुपमा बुझेको कारण भारतले उनीहरुलाई सहयोग नगरेको हो ।’ एसडी मुनीले बताएअनुसार भारत चुनावको पक्षमा छैन् । घोषित चुनावको बीचमा उ चीन विरोधी समिकरण बनाउने कोसिसमा छ ।

‘मेरो बुझाईमा भारत स्पष्ट नहुँदा नै नेपालमा ओलीले अस्थिरता बनाईरहन संसद विघटन गर्दै चुनावको घोषणा गरेका हुन्, मलाई लाग्छ, भारत आगामी ६ महिनासम्म नेपालमा नयाँ–नयाँ समिकरण बनाउने कोसिस गर्नेछ’, टेलिभिजन कुराकानीमा उनले भनेका छन्, ‘भारतको कोसिस नेपालमा चीनको प्रभाव घटाउने शक्तिलाई अगाडि लैजानु हुनेछ, अहिले भारतको ध्यान नेपालका लोकतन्त्रवादी दलहरु प्रति छैन्, सामरिक हिसाबले महत्व राख्ने शक्तिलाई अगाडि बढाउनु नै भारतको इच्छा हो ।’

हेर्नुहोस्, भिडियो  : 

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?